काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाको पदावधि औपचारिक रूपमा समाप्त भएको छ। संवैधानिक व्यवस्था अनुसार उनीहरूको कार्यकाल गए राति १२ बजेदेखि अन्त्य भएको हो।
नेपालको संविधानअनुसार प्रतिनिधि सभा विघटन भएको अवस्थामा बहाल रहेका सभामुख र उपसभामुख प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म मात्र पदमा रहने व्यवस्था छ।
आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदै छ। सो निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची आज र भोलि निर्वाचन आयोगमा बुझाइँदै छ।
उक्त संवैधानिक समय सीमाका आधारमा सभामुख र उपसभामुखको कार्यकाल आज मध्यरातदेखि स्वतः समाप्त भएको हो।







