२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी

अ+ अ-

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी भएका छन् । मुटुरोग विशेषज्ञ डा. शेर्पा वीर अस्पतालमा कार्यरत छन् ।  शेर्पा यसअघि काउन्सिलको सदस्य थिए ।

केहीबेरअघि सकिएको मतगणनामा डा. शेर्पाले ५२३४ मत ल्याएर जित हात पारेका हुन् । उनका नजिकका प्रतिस्पर्धी डा. गुरुशरण शाहले ४३५० मत पाए । उपाध्यक्षका अर्का उम्मेदवार अजयसिंह थापाले १८४४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सदस्यमा सबैभन्दा बढी डा. छविलाल पन्थीले ४८५७ मत पाएका छन् । डा. सारिका गोइतले ४४७९, डा. दिपेन्द्र पाण्डेले ४०१५ , डा. योविन कुमार यादवले ३६४८ मत ल्याएर सदस्य निर्वाचित भएका छन् । त्यसैगरी  डा. अस्मिता पोखरेलले ३४०४, डा. सम्राट पराजुलीले ३२८२, डा. रबिन बस्नेतले ३०७२ र निना राईले ३१११ मत पाएर मेडिकल काउन्सिलको सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचनमा काठमाडौँ उपत्यका र उपत्यका बाहिर गरी कुल ११ हजार ९२२ मत खसेको थियो । तीमध्ये काठमाडौँ उपत्यकामा ५ हजार ७६ मत र उपत्यका बाहिर ६ हजार ८४६ मत खसेको थियो ।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्य चयनका लागि काठमाडौँ बाहिर ४ र ५ पुस र उपत्यकामा ११ र १२ पुसमा निर्वाचन भएको थियो । निर्वाचित उपाध्यक्ष र सदस्यहरूको पदावधि ४ वर्षको रहने व्यवस्था छ ।