२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहिद दशरथ चन्द विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

अ+ अ-

काठमाडौँ । धनगढी गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाले मंगलबार उपकुलपति र रजिस्ट्रार नियुक्त गरेको छ ।

सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सभा बैठकले उपकुलपतिमा प्राध्यापक डाक्टर सुनिलकुमार जोशी र रजिष्ट्रारमा खेमराज जोशीलाई नियुक्त गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

उपकुलपतिका लागि २ जना र रजिष्ट्रारका लागि १० जनाको आवेदन परेको थियो । नियुक्तिका लागि सिफारिस समितिले उपकुलपतिमा सुनिलकुमार जोशीको नाम एकल सिफारिस गरेको थियो भने रजिष्ट्रारमा ३ जनाको नाम सिफारिस भएका थिए । उपकुलपतिका लागि तेस्रो पटक दरखास्त माग गरेपछि मात्र आवेदन परेको थियो । ती मध्ये पनि १ जनाको दरखास्त योग्यता नपुगेको भन्दै समितिले रद्द गरेको थियो ।

गत असारमा विश्वविद्यालयको ऐन संसद्बाट पारित भएपछि सरकारले उपकुलपति र रजिस्ट्रार नियुक्तिको प्रक्रिया अघि बढाएको थियो । सुदूरपश्चिम प्रदेशमा चिकित्सा शिक्षाको पठनपाठन थाल्न विश्वविद्यालय स्थापना र सञ्चालनको तयारी भइरहेको छ । पहिलो उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति जयराज अवस्थीको संयोजकत्वमा ३ सदस्यीय छनोट तथा सिफारिस समिति गठन गरिएको थियो ।