२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग वार्षिक प्रतिवेदन हस्तान्तरण

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आज आफ्नो सातौँ वार्षिक प्रतिवेदन बुझाएको छ ।

प्रदेश प्रमुख खापुङलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नेपाल संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगका सदस्य विपिनराज निरौलाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाएका छन् ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै आयोगले प्रतिवेदनमा व्यक्त गरिएका सुझावहरूलाई सरोकारवालाहरूले कार्यान्वयन गरेमा मुलुकमा आर्थिक अनुशासन कायम हुने बताए ।

उनले आयोगले उल्लेख गरेको प्राकृतिक स्रोत साधनको वितरणमा समानीकरण अनुदानलगायत अन्य विविध शीर्षकका अनुदान कानुनबमोजिम सदुपयोग भएमा नागरिकले सहज सेवा प्राप्त गर्नुका साथै मुलुकमा समृद्धि कायम हुने धारणा राखे ।

प्रदेश प्रमुख खापुङले आयोगले आगामी दिनमा सशक्त रूपमा आफ्नो जिम्मेवारी पूरा गरी मुलुकमा आर्थिक अनुशासन कायम गर्न सहयोग पुर्‍याउने  विचार व्यक्त गरे।

आयोगका सदस्य निरौलाले आयोगले आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारबाट कोशी प्रदेश सरकारका लागि रु. आठ अर्ब ९४ करोड ३२ लाख र प्रदेशका स्थानीय सरकारलाई रु. १६ अर्ब चार करोड ७८ लाख वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न सिफारिस गरेकामा प्रदेशलाई ९१ दशमलव ७६ र स्थानीय सरकारलाई ९१ दशमलव ६९ प्रतिशत हस्तान्तरण भएको जानकारी दिएका छन् ।