२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोइलो छाडेर बन्द सत्र उद्घाटनमा आउन देउवालाई सुनिल शर्माको अनुरोध 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं विघटित प्रतिनिधि सभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा उद्घाटन गर्नका लागि आउन अनुरोध गरेका छन् ।

काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।उमेरका कारणले पनि अब अघि नबढ्न सभापति देउवालाई उनको आग्रह थियो ।

‘शेरबहादुर दाइ तपाईँ एउटा इतिहास बोकेको हाम्रो नेता हो । गाउँबाट आउनुभएको नेता हो । ८० कटिसक्नुभयो । मेरो पिताजीको उमेर समान हुनुहुन्छ,’ उनले भनेका छन्, ‘अब तपाईँलाई अब उमेरका कारण माथिबाट बोलाइराखेको बेलामा आफ्ना कार्यकता हिजो जसले तपाईँलाई सभापति बनायो, पटक पटक तपाईँहरूलाई सत्तामा पुर्‍यायो, त्यो रोइलो छाडेर भोलि बिहान हल उद्घाटन गर्ने बेलामा आउनुस् । हामी विकल्प दिन्छौँ ।’

उनले विशेष महाधिवेशनको विपक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई पनि भृकुटीमण्डपमा उपस्थित भिडले गिज्याएको टिप्पणी गरे ।

‘हेर्नुस् यो मासुम अनुहारले के भन्छन् ? यो मासुम अनुहारले तपाईँहरूलाई गिज्याइरहेको छ कि छैन ? हामी झगडामा विश्वास गर्दैनौँ । हाम्रो क्यारेक्टर, फ्याक्टर सिद्धान्त र विचार मध्यमार्गी बाटो हो,’ उनले भनेका छन् ।

पार्टीमा ५४ प्रतिशत हस्ताक्षरलाई समेत सामान्य छलफल गराउन नसक्नु विडम्बना भएको तर्क गरे ।

‘नेपाली जनताले राम्रोसँग दुई छाक भात खान पाओस्, उपचार र शिक्षा पाओस् भनेर हाम्रा अग्रज लड्नुभयो । वर्षौंसम्म पञ्चायत र राणाहरूका विरुद्धमा लड्नुभयो,’ उनले भने, ‘हाम्रो पार्टीले न्यूनतम लोकतान्त्रिक मान्यतालाई समेत लत्याएर, ५४ प्रतिशत हस्ताक्षरलाई समेत सामान्य हलमा छलफल गराउने समेत आँट गर्न सकेन । भन्नुस् त यो बिडम्बडा हो कि होइन ?’