२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रीय समितिमा ३० वर्ष मुनिका २० जना ल्याउने गरी प्रतिवेदन पेश गर्दै विश्वप्रकाश शर्मा 

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन जारी छ । काठमाडौँको भृकुटीमण्डपमा आजबाट विशेष महाधिवेशन सुरु भएको हो ।

महाधिवेशनको उद्घाटन सत्रमा नेताहरूले धारणा राखेका छन् । विशेष महाधिवेशन सचिवालय स्रोतका अनुसार, भोलि बिहान ८ बजेबाट बन्द सत्र सुरु हुनेछ ।

उक्त बन्द सत्रका क्रममा महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दैछन् । उक्त प्रतिवेदनमा थापाले दुई उमेर समूहका छुट्टाछुट्टै संख्याको प्रतिनिधित्व रहने गरी समितिहरू बनाउने प्रस्ताव राख्ने भएका छन् ।

जस अनुसार केन्द्रीय समितिमा ३० वर्ष मुनिका २० र ३० देखि ४० वर्ष उमेर समूहका २० जनालाई प्रतिनिधित्व गराउने गरी ड्राफ्ट तयार पारेका छन् ।

त्यस्तै, प्रदेश समितिमा ३० मुनिका १० र ३० देखि ४० वर्ष समूहका १० जनालाई प्रतिनिधित्व गराउने प्रस्ताव शर्माले राख्नेछन् । जिल्लामा पनि सोही अनुसार ६र६ जना र वडामा ४/४ जना रहने गरी प्रतिनिधित्व हुने गरी उनले प्रतिवेदन पेश गर्न लागेका हुन् ।

त्यस्तै, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद पदमा उनले पुरानै प्रस्ताव दोहोर्‍याएका छन् ।

एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद रहने प्रस्ताव उनले यसअघि पनि ल्याएका थिए । उक्त प्रस्ताव प्रतिवेदनमार्फत विशेष महाधिवेशनको हलमा प्रस्तुत गरिने जनाइएको छ ।

प्रतिवेदनमा विभिन्न पेशा, व्यवसायमा रहेकाहरूलाई पार्टी संरचनामा ‘ल्याट्रल इन्ट्री’ गराउने व्यवस्था पनि समावेश हुने स्रोतले जानकारी दिएको छ ।

विदेशस्थित जनसम्पर्क समितिबाट पार्टीको अन्तरास्ट्रिय संरचना बनाउने प्रस्ताव पनि प्रतिवेदनमा राखिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय जनसम्पर्क समिति २७ सदस्यीय हुने प्रतिवेदन उनले बन्द सत्रमा पेश गर्दैछन् ।