२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा अध्यक्षले गरे प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात

अ+ अ-

काठमाडौँ । देशभरका स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबीचको विवाद चर्किँदै जाँदा कतिपय स्थानमा हातपातको घटनासमेत बढ्दै गएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ मा यही प्रवृत्ति देखिएको छ, वडा नम्बर ५ का वडाध्यक्ष जयन्द्र खड्काले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठमाथि कार्यकक्षमै हातपात गरेको पाइएको छ । 

घटना यही पुष २८ गते दिउँसो करिब ३ बजे नगरपालिकामै भएको हो। वडाध्यक्ष खड्काले प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठमाथि आत्मसम्मानमा ठेस पुग्ने तथा मानमर्दन हुने किसिमको दुर्व्यवहारजन्य व्यवहार गरेका नगरपालिकाका कर्मचारीहरूले बताएका छन् । यस विषयमा आपत्ति जनाउँदै नगरपालिकामा कार्यरत कर्मचारीहरूले मंगलबार नगर प्रमुख जीवन खत्रीसमक्ष संयुक्त विज्ञप्ति बुझाएका छन्। हाल घटनाबारे पालिकामा छलफल भइरहेको वरिष्ठ शाखा अधिकृत तथा सूचना अधिकारी अनुप लामिछानेले जानकारी दिए । 

प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले पनि आफ्नै कार्यकक्षमा आएर वडाध्यक्षले हातपात गरेको गुनासो गरेका छन्। वडाध्यक्ष खड्का माटो उत्खनन तथा ओसारपसारका लागि अनुमति माग्न आउनुभएको थियो । तर यसले वातावरणमा नकारात्मक असर पर्ने भएकाले हाल पालिकाभर यस्ता गतिविधिका लागि कसैलाई पनि अनुमति नदिइएको जानकारी गराउँदा वडाध्यक्ष आक्रोशित भएको श्रेष्ठको भनाइ छ।

श्रेष्ठका अनुसार वडाध्यक्षले ‘यो कुर्सीमा नबस’ भन्दै जबरजस्ती कुर्सीबाट तानेका थिए भने कार्यकक्षमा रहेका कम्प्युटर तथा अन्य सामग्री उठाएर फाल्ने समेत गरेका थिए। वडाध्यक्षको यस्तो व्यवहारले आफ्नो आत्मसम्मानमा गम्भीर चोट पुगेको श्रेष्ठले बताएका छन्।

घटनापछि नगरपालिकाका कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरू प्रचलित ऐन, कानुन, नियम र निर्देशिकाको परिधिभित्र रही कार्यसम्पादन गर्न बाध्य रहेको उल्लेख गरिएको छ। कर्मचारीले कानुन विपरीत कार्य गरेमा त्यसको कारबाहीका लागि कानुनी व्यवस्था रहेकै अवस्थामा जिम्मेवार जनप्रतिनिधिबाट पटक–पटक हुने दुर्व्यवहारजन्य क्रियाकलापका कारण आफूहरू असुरक्षित महसुस गरिरहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा पुष २८ गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै यस्ता प्रवृत्तिको तत्काल अन्त्य नभए कार्यस्थलमा रही सेवा प्रवाह गर्न नसकिने अवस्था सिर्जना हुने चेतावनी दिइएको छ। साथै, कर्मचारीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्न नगरपालिकासँग माग गरिएको छ।

यता वडाध्यक्ष जयन्द्र खड्काले भने नगर सभा तथा कार्यपालिका बैठकबाट निर्णय भएका काम प्रमुख प्रशासकीय अधिकृतले कार्यान्वयन नगरेको आरोप लगाएका छन्। वडावासीका लागि माटो सम्याउने काम गर्न अनुमति माग्दा नमिल्ने भनिएपछि आफूले हात मात्र समातेको र कुटपिट नगरेको उनको दाबी छ। प्रमुख प्रशासकीय अधिकृतसँग आफ्नो राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै केही व्यक्तिले सानो विषयलाई ठूलो बनाएको आरोप पनि उनले लगाए।

वडाध्यक्ष खड्काले प्रमुख प्रशासकीय अधिकृतले काम गर्न लगाए पनि भुक्तानी नदिने गरेको आरोप समेत लगाएका छन्।

यो पहिलो घटना भने होइन। यसअघि पनि वडाध्यक्ष खड्काले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद लुइँटेलमाथि हातपात गरेको आरोप लागेको थियो। आफ्नै बारीको माटो इँटा भट्टालाई दिन स्वीकृति माग्दा प्रक्रिया नपुगेको भन्दै अनुमति दिन नमिल्ने भनिएपछि उनले आक्रोशमा हातपात गरेको कर्मचारीहरूको भनाइ छ। नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष खड्का अघिल्लो निर्वाचनमा पनि विजयी भएका थिए। हाल उनी वडाध्यक्षको दोस्रो कार्यकालमा छन्।

भक्तपुरको चाँगुनारायण-५ मा वडाध्यक्ष जयन्द्र खड्काद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात भएको घटनाले स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबीचको बढ्दो तनावलाई उजागर गरेको छ। कर्मचारीहरूले असुरक्षित महसुस गर्दै कानुनी सुरक्षा र सुरक्षित कार्यस्थल सुनिश्चित गर्न माग गरेका छन्, भने वडाध्यक्षले आफ्नो पक्ष राख्दै घटना सामान्य भएको दाबी गरेका छन्।