काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि अन्य दलहरूमा पनि पुनर्संरचनामा बल पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको सुरुआत भएको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको सुरुआत पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसबाट सफलतापूर्वक सम्पन्न गरेकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाई तथा शुभकामना ।’
नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू र पुनर्संरचित दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यमा संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुने बताएका छन् ।
उनले थपेका छन्, ‘यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्याओस् र देशमा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू र पुनर्संरचित दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझै बलियो बनोस् सबैमा विशेष शुभकामना ।’







