२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महान्यायाधिवक्ता कार्यालयको निर्णयले सहकारी पीडितले पैसा पाउने बाटो खुलेको सोबिता गौतमको दाबी 

अ+ अ-

काठमाडौँ। रास्वपा नेता सोबिता गौतमले महान्यायाधिवक्ता कार्यालयले सभापति रवि लामिछानेविरुद्ध लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णयले सहकारी पीडितले आफ्नो पैसा पाउने कानुनी बाटो खुलेको दाबी गरेकी छिन् ।

सभापति लामिछानेविरुद्धको अभियोजन संशोधन गरेर अघिल्लो सरकारले गरेको प्रतिशोधपूर्ण कार्य महान्यायाधिवक्ता कार्यालयले सच्याएको उल्लेख गर्दै यसलाई अपराध सफाइ गरिएको जसरी प्रचार गर्नु गलत भएको बताएकी छिन् ।

कानुनको विद्यार्थी एवं जानकार समेत रहेकी विघटित प्रतिनिधिसभा सदस्य गौतमले मूल अभियोग यथावत् रहेको र न्याय अवरुद्ध गर्ने अत्यधिक अभियोगहरू मात्रै हटाइएको दाबी गरेकी हुन् ।

‘हाल महान्यायाधिवक्ता कार्यालयले अभियोजन संशोधन गरेर अघिल्लो सरकारको निर्देशनात्मक र प्रतिशोधपूर्ण अभियोजन सच्याएको छ । तर यसलाई अपराध सफाइ गरिएको जस्तो प्रचार गर्नु गलत हो । मूल अभियोग यथावत् छ, केवल न्याय अवरुद्ध गर्ने अत्यधिक अभियोगहरू मात्र हटाइएका हुन्,’ गौतमको तर्क छ ।

यसले पहिलो, सहकारी पीडितहरूले मिलापत्रमार्फत आफ्नो पैसा फिर्ता पाउने कानुनी बाटो खोलेको र दोस्रो पीडित र अभियुक्तलाई एउटै टेबलमा बसेर समाधान खोज्ने सम्भावना सिर्जना गरेको उनको भनाइ छ ।

तत्कालीन सरकारको प्राथमिकता सहकारी पीडितले पैसा फिर्ता पाउनु नभई सभापति लामिछानेलाई कारागारमा थुन्नु र उनको राजनीतिक उदय रोक्नु रहेको तथ्यबाटै स्पष्ट भएको उनको भनाइ छ ।

यसअघिको सरकारले सहकारीसम्बन्धी अध्यादेश ल्याएर संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दामा रकम फिर्ता गरे पनि मिलापत्र हुन नसक्ने कानुनी व्यवस्था गर्दा रविसहित सम्बन्धित व्यक्तिहरूले चाहँदा पनि मिलापत्र हुन नसक्ने अवस्था बनेको उनको तर्क छ ।