२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

अ+ अ-

वालिङ (स्याङ्जा) । सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ ।  कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो ।

दर्ता भएर सञ्चालनमा नरहेका अथवा दुई वर्षभन्दा बढी निष्क्रिय रहेका, लेखा परीक्षण नगरेका, साधारणसभा नगरेका, आर्थिक कारोबार नभएका र अब सञ्चालन हुन सक्ने स्थिति नभएका सहकारीको दर्ता खारेजी गरिएको सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार भेषराज रिजालले बताए ।

कार्यालयले स्याङ्जा, गोरखा, तनहुँ, कास्की, म्याग्दी, लमजुङ, बागलुङ र पर्वतका निष्क्रिय सहकारीको दर्ता खारेज गरेको हो । दर्ता खारेज हुनेमा सबैभन्दा धेरै सहकारी स्याङ्जा जिल्लाका रहेका छन् । स्याङ्जामा आठ  सहकारीको दर्ता खारेज भएको छ । 

स्याङ्जाका आठ वटै सहकारी चालु आर्थिक वर्षमा दर्ता खारेज भएका उनले जानकारी दिए। सहकारी रजिष्ट्रार रिजालका अनुसार गोरखामा ६, तनहुँमा ४, कास्कीमा ३, म्याग्दीमा २, लमजुङ, बागलुङ र पर्वतमा समान एक/एकवटा सहकारीको दर्ता खारेज भएको हो ।दर्ता खारेज हुने सहकारीमा बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि, उपभोक्ता, सूचना तथा सञ्चार, विद्युत्, मौरीपालन, अदुवा उत्पादनका क्षेत्रमा काम गर्ने उद्देश्यसहित स्थापना गरिएका सहकारी छन् ।

“सहकारीको दर्ता खारेजका लागि सात वटाको प्रक्रिया पूरा भएको छ” उनले भने, “बाँकी १० सहकारी दर्ता खारेजीको थप प्रक्रियामा रहेका छन्, दर्ता खारेज हुने क्रम अझै बढ्छ ।”सहकारी रजिष्ट्रार कार्यालय पोखरामा हाल ८९० वटा सहकारी रहेका छन् । 

यसमध्ये ५८८ सहकारी अद्यावधिक भएर सञ्चालनमा  छन् । ३०२ सहकारी निष्क्रिय छन् । सहकारीसँग जोडिएका विभिन्न विषयगत संघ तथा सहकारी संस्था निष्क्रिय रहेका हुन् । ती निष्क्रिय रहेका संघ तथा सहकारीमध्ये जिल्लामा मात्रै संघ तथा संस्था गरी ५० निष्क्रिय छन् ।