२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनको लागि भारत सरकारद्वारा नेपाललाई ६१ वटा गाडी हस्तान्तरण

अ+ अ-

काठमाडौँ । भारत सरकारले नेपाल सरकारलाई ६० भन्दा बढी डबल-क्याब पिकअप सवारी साधन उपहारस्वरूप प्रदान गरेको छ। भारतले नेपाललाई निर्वाचनसम्बन्धी सहयोगको पहिलो खेप उक्त सवारी साधनहरू प्रदान गरेको हो।

गृह मन्त्रालयमा आयोजित एक समारोहमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले गृहमन्त्री ओमप्रकाश अर्याललाई उक्त सवारी साधनहरूको साँचो हस्तान्तरण गरेका हुन्।

गृहमन्त्री अर्यालले उपहारस्वरूप प्राप्त सवारी साधन तथा सामग्रीका लागि भारत सरकार र भारतीय जनताप्रति धन्यवाद व्यक्त गरे। उनले भारत र नेपालबीचको गहिरो सम्बन्धको पनि सराहना गरेका छन्। 

नेपाल सरकारको अनुरोधमा भारतले सन् २००८ देखि नेपाललाई निर्वाचनसम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको छ। यसअन्तर्गत भारत सरकारले निर्वाचन आयोगलगायत नेपालका विभिन्न मन्त्रालय र विभागका लागि उपहारस्वरूप लगभग २,४०० सवारी साधनहरू उपलब्ध गराइसकेको छ।

आगामी निर्वाचनका लागि भारतले उपलब्ध गराउने सहयोगमा करिब ६५० सवारी साधनहरू छन्। बाँकी केही हप्तामा विभिन्न ब्याचमा उपलब्ध गराइने भारतीय दूतावासले जनाएको छ।