२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५औँ महाधिवेशनमा पनि पार्टी नेतृत्व सम्हाल्ने गगन थापाको दाबी

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी १५औँ महाधिवेशनमा पुनः पार्टी नेतृत्वको जिम्मेवारी सम्हाल्ने तयारीमा आफू रहेको बताएका छन्।

सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्तासँगको अन्तरक्रियामा थापाले आफू विशेष महाधिवेशनमार्फत हालै मात्र सभापति चयन भएको उल्लेख गर्दै पार्टी नेतृत्वबाट पछि नहट्ने स्पष्ट पारे। उनले नेतृत्वको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशनमार्फत पुनः सभापति बन्ने लक्ष्य रहेको बताए।

थापाले पार्टी र राजनीतिक यात्राप्रति आफ्नो धारणा स्पष्ट पार्दै आफू जिम्मेवारीबाट पन्छिने स्वभावको नभएको र आगामी महाधिवेशनपछि पनि केही समय सक्रिय राजनीतिमा रहने योजना रहेको बताए।

कार्यकर्तासँगको भेटमा उनले सर्लाही क्षेत्रसँगको सम्बन्धबारे पनि चर्चा गरे। आफूलाई मधेशको प्रतिनिधि पात्रका रूपमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट अघि बढेको उल्लेख गर्दै थापाले यसअघि काठमाडौँ क्षेत्र नं. ४ बाट निर्वाचन लड्न आग्रह आएको प्रशंग स्मरण गरे। आगामी निर्वाचनमा सर्लाही क्षेत्रका मतदाताले समेत त्यहीँबाट उम्मेदवारी दिन सुझाव दिने अवस्था सिर्जना गर्ने लक्ष्य रहेको उनले बताए।