२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गर्ने वडा अध्यक्षले मागे माफी

अ+ अ-

काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गर्ने वडा अध्यक्षले माफी मागेका छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष जयन्द्र खड्काले गत पुस २८ गते प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठमाथि कार्यकक्षमै हातपात गरेका थिए। प्रशासन डटकमले यसबारे “वडा अध्यक्षले गरे प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात ”भन्ने शीर्षकमा समाचार प्रकाशन गरेपछि पालिकाले बैठक बोलाएर घटनाबारे छलफल गरेको थियो।

वडा अध्यक्ष खड्काले प्रमुख प्रशासकीय अधिकृतमाथि आफूले हातपात नियतवस नगरेको र अबदेखि यस्तो नगर्ने बताएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए । उनले आफूले पनि सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउने विषयमा प्रतिबद्धता जनाएको बताए ।

के भएको थियो घटना ?
गत पुस २८ गते प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठको कार्यकक्षमा पुगेर वडाध्यक्ष खड्काले हातपात गरेका थिए । वडाध्यक्ष खड्का माटो उत्खनन तथा ओसारपसारका लागि अनुमति माग्न पालिकामा गएका थिए । तर यसले वातावरणमा नकारात्मक असर पर्ने भएकाले हाल पालिकाभर यस्ता गतिविधिका लागि कसैलाई पनि अनुमति नदिइएको भन्दै उक्त कार्यको लागि अनुमति प्रमुख प्रशासकीय अधिकृतले दिएका थिएनन् ।

त्यसपछि वडाध्यक्षले ‘यो कुर्सीमा नबस’ भन्दै जबरजस्ती कुर्सीबाट तानेका थिए भने कार्यकक्षमा रहेका कम्प्युटर तथा अन्य सामग्री उठाएर फाल्ने समेत गरेका थिए। वडाध्यक्षको यस्तो व्यवहारले आफ्नो आत्मसम्मानमा गम्भीर चोट पुगेको भन्दै पालिकामा केही दिन काम गर्न गएका थिएनन् ।

घटनापछि नगरपालिकाका कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरू प्रचलित ऐन, कानुन, नियम र निर्देशिकाको परिधिभित्र रही कार्यसम्पादन गर्न बाध्य रहेको उल्लेख गरिएको छ। कर्मचारीले कानुन विपरीत कार्य गरेमा त्यसको कारबाहीका लागि कानुनी व्यवस्था रहेकै अवस्थामा जिम्मेवार जनप्रतिनिधिबाट पटक-पटक हुने दुर्व्यवहारजन्य क्रियाकलापका कारण आफूहरू असुरक्षित महसुस गरिरहेको बताएका थिए ।

विज्ञप्तिमा पुष २८ गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै यस्ता प्रवृत्तिको तत्काल अन्त्य नभए कार्यस्थलमा रही सेवा प्रवाह गर्न नसकिने अवस्था सिर्जना हुने चेतावनी दिइएको थियो । साथै, कर्मचारीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गर्न नगरपालिकासँग माग गरिएको थियो ।

वडाध्यक्ष जयन्द्र खड्काले भने नगर सभा तथा कार्यपालिका बैठकबाट निर्णय भएका काम प्रमुख प्रशासकीय अधिकृतले कार्यान्वयन नगरेको र वडावासीका लागि माटो सम्याउने काम गर्न अनुमति माग्दा नमिल्ने भनिएपछि आफूले हात मात्र समातेको र कुटपिट नगरेको उनको दाबी गरेका थिए ।