२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन सुरक्षार्थ भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सम्पन्न, कार्यक्षेत्रमा परिचालन गर्ने तयारी

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै अस्थायी रूपमा नियुक्त गरिएका निर्वाचन प्रहरीको प्रशिक्षण कार्यक्रम देशभर सम्पन्न भएको छ। आगामी २१ फागुनमा तय गरिएको निर्वाचनका लागि सञ्चालन गरिएको १० दिने तालिम मंगलबार सकिएको हो।

तालिम समाप्त भएसँगै सम्बन्धित जनशक्ति कार्यक्षेत्रमा परिचालन हुने अपेक्षा गरिएको भए पनि आवश्यक बन्दोबस्ती सामग्री तयारी अवस्थामा नपुगेकाले केही दिन ढिलाइ हुने भएको छ। लाठी, सिट्टी, पोसाक तथा जुत्तालगायतका सामग्री उपलब्ध भइसकेपछि मात्रै उनीहरूलाई फिल्डमा खटाइने जनाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आवश्यक पोसाक तयार नभएकाले तत्काल परिचालन सम्भव नभएको र सामग्री व्यवस्थापन पूरा भएपछि मात्रै खटाइने व्यवस्था मिलाइनेछ।

निर्वाचन सुरक्षाका लागि चारवटै सुरक्षा निकाय र अस्थायी निर्वाचन प्रहरीसमेत गरी कुल ३ लाख ३३ हजार ९८० जनशक्ति परिचालन गरिने तयारी छ। जसअनुसार नेपाली सेनाबाट ७९ हजार ७२७, नेपाल प्रहरीबाट ७५ हजार ५९७ तथा नेपाल प्रहरी मातहत रहने १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी खटिनेछन्।

यसैगरी सशस्त्र प्रहरी बलबाट ३४ हजार ५७६ जना परिचालन हुनेछन् भने सशस्त्र प्रहरी मातहत रहने थप १५ हजार ११० निर्वाचन प्रहरी परिचालन गरिनेछ। साथै १ हजार ९२१ जना गुप्तचरसमेत निर्वाचन अवधिभर परिचालित हुने जनाइएको छ।

सुरक्षा निकायहरूले निर्वाचन शान्तिपूर्ण, सुरक्षित र निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित समन्वयात्मक तयारी अघि बढाइरहेको बताएका छन्।