२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोकतान्त्रिक, प्रगतिशील उम्मेदवारलाई विजयी गराउनुपर्छ: पूर्वप्रधानमन्त्री खनाल

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले राष्ट्रलाई संकटतिर जानबाट रोक्न आगामी निर्वाचनको सही उपयोग हुनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री खनालले चुनावमा नयाँ भनिनेसँग कुनै नयाँ नीति, कार्यक्रम वा प्रतिबद्धता नदेखिएको धारणा राख्दै पहिलेदेखि काम गर्दै आएका पार्टीहरूले आफ्ना विगतका कमजोरीहरु सच्याउँदै नयाँ संकल्प लिएर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरेका छन् । आसन्न निर्वाचन सम्पूर्ण नेपालीका निम्ति एउटा अर्को अवसर र चुनौतीका रूपमा हेर्नुपर्ने खनालको भनाइ छ ।

नेपालको इतिहासमा निरङ्कुश तानाशाही राणा शासनविरुद्ध लोकतन्त्रको आवाज घन्काउँदै प्रजातान्त्रिक प्रक्रियाले विजय प्राप्त गरेको स्मरण गर्दै नेता खनालले यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनालले प्रजातन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गरेका महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस अवधिमा लोकतान्त्रिक क्रान्ति, संविधानसभा, नयाँ संविधान, नयाँ आम निर्वाचन र दुई तिहाइको सरकार बनाउने जस्ता ऐतिहासिक उपलब्धि प्राप्त गरेको स्मरण गरेका छन् । “सहिदहरूकै बलिदानले देशमा पटक पटक परिवर्तन भएको छ । पछिल्लो समय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब दुई दशक पुग्न लाग्दा पनि मुलुकमा समृद्धि कायम हुन सकेको छैन । अब मुलुकमा क्रान्तिकारी भूमि सुधार, कृषिमा आधुनिकीकरण, राष्ट्रिय औद्योगिकीकरण, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तनको आवश्यकता छ”, उनले भने ।