२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलामा निर्वाचन सुरक्षाका लागि ८ सय ५६ जना कर्मचारी खटाइए, मतदान स्थलमा संयुक्त सुरक्षा गस्ती सुरु

अ+ अ-

काठमाडौँ । दार्चुलामा निर्वाचन सुरक्षाको लागि तीन वटै सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा संयुक्त सुरक्षा गस्ती थालेका हुन् ।

जिल्लामा ११२ मतदान स्थल र १४३ मतदान केन्द्र छन् । ती स्थलको अनुगमन तथा त्यस ठाउँका नागरिकलाई सुरक्षाको प्रत्याभूतिका लागि संयुक्त सुरक्षा गस्ती सुरु गरिएको दार्चुला प्रशासनले जनाएको छ ।

उनका अनुसार निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त गस्ती परिचालन गरिएको छ ।

उनीहरूले हरेक ठाउँमा नियमित चेकजाँच, इजाजत प्राप्त हतियारहरूको संकलन, अवैध मदिरा नियन्त्रणको लागि बजार पसल अनुगमन, अवैध मदिरा बरामद गरी नष्ट तथा मतदानस्थलहरुको नियमित रूपमा अनुगमन भइरहेको बताइएको छ ।

जिल्लाभरि सुरक्षाको अवस्थाको निरन्तर मूल्यांकन तथा निरीक्षणको काम चलिरहेको छ ।

फागुन २१ गते हुने निर्वाचनका लागि दार्चुलामा ८ सय ५६ जना कर्मचारी खटाइएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा निर्वाचनका लागि खटिने कर्मचारीहरूको अन्तिम सूची प्रकाशन गरेको छ ।