२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइजिपी कार्कीको एक सय दिनको उपलब्धि सार्वजनिक

अ+ अ-

काठमाडौँ। प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले प्रहरी नेतृत्व सम्हालेको १०० दिन पूरा भएको छ। प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा ५ हजार ७८१ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ परेका प्रतिवादीहरूले कुल १ हजार ९६० वर्ष कैद र ३८ करोड ३६ लाख २७ हजार ६४१ रुपैयाँ जरिवाना तिर्न बाँकी छ। कर्तव्य ज्यानसम्बन्धी १२३ घटनामा संलग्न १८८ अभियुक्तसमेत पक्राउ परेका छन्।

आइजिपी कार्की २७ कात्तिकमा पदभार सम्हालेका थिए। उनका नेतृत्वमा प्रहरी संगठनले निर्वाचनको वातावरण सुरक्षित बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। निर्वाचन सुरक्षा विश्लेषणको काम कमाण्ड दयानिधी ज्ञवाली ले गरिरहेका छन्।

यस अवधिमा प्रहरीको कार्यसम्पादनको मुल्यांकन र मार्गदर्शनका लागि जिल्ला प्रहरी कार्यालयहरूमा मासिक मापन प्रणालीको सुरुवात गरिएको छ। वरिष्ठ सईसम्मका कर्मचारीलाई आकस्मिक सहुलियत कर्जा उपलब्ध गराइएका छन् भने प्रहरी राशनको स्केल १ फागुनदेखि वृद्धि गरी लागू गरिएको छ।

सातै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न गरिएको जानकारी दिइएको छ। यसैबीच, प्रहरी प्रधान कार्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स एन्ड एडभान्स एनालिटिक्स सेल स्थापना गरिएको छ, जसले आधुनिक प्रविधिमैत्री विश्लेषण र सुरक्षा निगरानीमा सहयोग पुर्‍याउने बताइएको छ।

प्रहरी प्रधान कार्यालयले आफ्नो कार्यशैलीलाई उत्तरदायी, पारदर्शी, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने दिशामा निरन्तर काम भइरहेको जानकारी दिएको छ।