२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आवश्यक सामग्रीसहित जाजरकोटका सबै मतदान केन्द्रमा पुगे कर्मचारी

अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक मतदान सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगेका छन्। जिल्लाका १ सय ४७ वटै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी पुगेका हुन्। भौगोलिक रूपमा विकट रहेका मतदान केन्द्रमा आइतबार नै कर्मचारी पठाइएको थियो। बाँकी पालिकामा सोमबार पठाइएको हो।

मतदान केन्द्रमा निर्वाचनमा आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका निर्वाचन सामग्रीसहित ८९ मतदान स्थलका १ सय ४७ केन्द्रमा खटिएका सुरक्षाकर्मी, मतदान अधिकृत र अन्य कर्मचारी सम्बन्धित स्थानमा पुगिसकेको छन् ।

सुरक्षा निकायको कमान्डमा सम्बन्धित मतदान स्थलमा कर्मचारी जाने व्यवस्था मिलाइएको छ।

जिल्लामा ८९ मतदान स्थलमा १ सय ४७ मतदान केन्द्र रहेका छन्। जसमा १६ मतदान स्थल अति संवेदनशील, ५७ मतदान स्थल संवेदनशील र १५ मतदान स्थल सामान्य भनेर वर्गीकरण गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ। जिल्लामा ४ सय ३६ स्वयंसेवकसहित ८ सय ७९ जना कर्मचारी निर्वाचनमा खटिएका छन्। त्यस्तै ८ सय ८२ निर्वाचन प्रहरी परिचालन गरिएको छ।