२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्कीका सबै मतदान केन्द्रमा पुग्यो निर्वाचन सामग्री

अ+ अ-

कास्की । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ ।

 प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार सबै केन्द्रका लागि मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको जनाएको छ ।

सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर गएको प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले बताए। “कास्कीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएर मतदान गर्न मात्र बाँकी छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझेर मतदान केन्द्रमा पुगेका छन् । जिल्लामा शान्ति, सुरक्षालगायत केही समस्या छैन । मतपत्र ढुवानी र मतगणनासम्मको तयारी गरिएको छ”, प्रदेश निर्वाचन अधिकारी ढकालले भने ।

पोखरा–३२ स्थित चन्द्रज्योति आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत गुणराज अधिकारीले आफूहरू सोमबार साँझ नै सम्पूर्ण सामग्रीसहित मतदान केन्द्रमा आइपुगेको बताए । उनले निर्वाचन गराउन उच्च मनोबलका साथ उत्साहित भएर लागिरहेको बताए। “निर्वाचनलाई लिएर हामी उत्साहित छौँ, कर्मचारी र सुरक्षाकर्मीको हाम्रो टोली मतदान केन्द्रमा आइपुगेका छौँ । मंगलबार र बुधबार मतदान केन्द्रमा गर्नुपर्ने सूचना टाँस, सर्वदलीय बैठकलगायतका काम गर्छौँ”, अधिकारीले भने । 

कास्कीमा १५३ मतदानस्थल र ३६३ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र गरी ३६५ मतदान केन्द्रमा दुई हजार १९० कर्मचारी खटिनेछन् । मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिनका लागि तीन जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ । 

निर्वाचनका लागि कर्मचारी खटनपटन निर्देशिकाअनुसार ५०० भन्दा कम मतदाता भएको मतदान केन्द्रमा पाँच जना कर्मचारी रहेका छन् । जसमा एक जना मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी रहनेछन् । त्यसैगरी, मतदान केन्द्रमा एक हजार ९२ जना स्वयंसेवक खटाइने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।  

निर्वाचन कार्यालयका अनुसार कारागारका कैदी बन्दीका लागि कारागारमा मतदान केन्द्र तोकिएको छ । त्यसैगरी, मतदानमा नखटिने कर्मचारीका लागि जिल्ला समन्वय समितिमा रहने मतदान केन्द्रमा कर्मचारीले समानुपातिकतर्फ मत दिनेछन् । जिल्लामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४९ जना उम्मेदवार मैदानमा छन् । त्यसैगरी,  मतदाता संख्या तीन लाख आठ हजार ५७२ जना र दुई हजार ८६१ जना अस्थायी मतदाता छन् । यसमा महिला ७२० र पुरुष दुई हजार १४१ छन् । रासस