२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदान केन्द्रमा खटिएका दुई कर्मचारीलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरियो

अ+ अ-

काठमाडौँ । वडा कार्यालयमा तोकिएको मतदान केन्द्रमा खटिएका दुई जना कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–६ को वडा कार्यालयमा तोकिएको मतदान केन्द्रमा खटिएका कर्मचारी गोर्खबहादुर थापा र निर्वाचन प्रहरी कृष्ण झाँक्रीलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।

भोली हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन गएका जिल्ला अदालत दुनैका कर्मचारी गोर्खबहादुर थापा र निर्वाचन प्रहरी कृष्ण झाँक्रीलाई हेलिकप्टरबाट उद्धार गरेर सदरमुकाम ल्याइएको उनले बताइन् ।

निर्वाचनमा खटिएका दुई जना कर्मचारी र तीन जना निर्वाचन प्रहरी गरी पाँच जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । कर्मचारी थापा र निर्वाचन प्रहरी झाँक्रीलाई श्वासप्रश्वासमा समस्या आएको र बाँकीको नाकबाट रगत बग्ने समस्या देखिएको थियो।

तीन जनाको अवस्था सामान्य भएकाले दुई जनालाई मात्र उद्धार गरी दुनै ल्याइएको हो । उद्धार गरेर ल्याइएका दुवै जनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी टोपेन्द्र बुढामगरले जानकारी दिए ।