चितवन । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुर स्थित नेपाल पुलिस स्कूल मतदान केन्द्रबाट मतदान गरेका छन् ।
मतदान पश्चात् उनले जनताको माग अनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताए ।







