काठमाडौँ । निर्वाचनको समयमा मतदान बहिष्कारसम्बन्धी प्रचार सामग्री देखाउँदै हिँडेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का चितवन जिल्ला स्तरका एक नेता सहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा उक्त पार्टीका चितवन जिल्ला सचिव २९ वर्षीय सुमन श्रेष्ठ तथा कालिका नगरपालिका-४ पदमपुर, चितवन, नेपाल निवासी २१ वर्षीय किरण गौतम रहेका छन्। गौतम चितवनमा सक्रिय विद्यार्थी संगठनका संयोजकसमेत रहेको बताइएको छ।
सुरक्षा निकायका अनुसार उनीहरू मतदान बहिष्कारको आह्वान गरिएको पम्प्लेट सार्वजनिक रूपमा प्रदर्शन गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएका हुन्। पक्राउपछि दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ।








