२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन सम्पन्न गराउन खटिने कर्मचारीप्रति कार्यवाहक प्रमुख आयुक्त भण्डारीद्वारा आभार प्रकट

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउने क्रममा विभिन्न निकायबाट खटिएका राष्ट्रसेवक कर्मचारीप्रति कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गरेका छन्।

मंगलबार आयोगमा आयोजित बिदाइ कार्यक्रममा बोल्दै उनले प्रतिकूल परिस्थितिका बीच पनि जिम्मेवारी निर्वाह गर्दै निर्वाचन सम्पन्न गराउन कर्मचारीहरूले खेलेको भूमिकाको प्रशंसा गरे।

उनले राष्ट्रपतिबाट फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन सम्भव हुन्छ कि हुँदैन भन्ने विषयमा व्यापक चर्चा भएको स्मरण गरे। भदौ २३ र २४ गतेका घटनापछि सुरक्षा चुनौती जटिल बनेको तथा घोषणा भएको एक महिनासम्म राजनीतिक दलहरूबीच संवादको वातावरणसमेत सहज नभएको उनले बताए। त्यस अवस्थामा आयोगले दलहरूलाई एकै स्थानमा राखेर संवाद प्रक्रिया सुरु गराएको उनको भनाइ थियो।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले सफलतापूर्वक निर्वाचन सम्पन्न गरी परिणाम सार्वजनिक गर्न सकेको उल्लेख गर्दै अब निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी भइरहेको जानकारी दिए।

कार्यक्रममा आयोगका सचिव कृष्णबहादुर राउतले विभिन्न निकायबाट काजमा आएका कर्मचारीहरूको समन्वय र ‘टिमवर्क’ का कारण निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सम्भव भएको बताए।

उनका अनुसार निर्वाचनका क्रममा देशभरका २३ हजार ११२ मतदान केन्द्र तथा १४३ अस्थायी मतदान केन्द्रमा सामान्य समस्या समेत नआई मतदान प्रक्रिया सम्पन्न भएको थियो।

प्रशासन शाखा प्रमुख तथा सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार निर्वाचन व्यवस्थापनका लागि विभिन्न निकायबाट कुल १४१ कर्मचारी आयोगमा काजमा खटिएका थिए। निर्वाचन कार्य सम्पन्न भएसँगै उनीहरूको काज फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको पनि उनले जानकारी दिए।