२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लहानका डेन्टल क्लिनिक: चिकित्सको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

अ+ अ-

सिरहा । यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार आकस्मिक स्थलगत अनुगमन गर्दा गैर चिकित्सकबाट उपचार भइरहेको गम्भीर तथ्य फेला परेको छ ।

नेपाल मेडिकल काउन्सिलअन्तर्गतको व्यावसायिक आचरण तथा स्वास्थ्य समितिका संयोजक डा. अजय कुमार साहको नेतृत्वमा खटिएको टोलीले लहान–३ स्थित अस्पताल चोक क्षेत्रमा सञ्चालित केही डेन्टल क्लिनिकहरूको निरीक्षण गरेको हो ।

अनुगमनका क्रममा हिमाल डेन्टल क्लिनिक, राधा कृष्ण डेन्टल क्लिनिक तथा वेस्ट राधा डेन्टल क्लिनिकमा सम्बन्धित विषयको योग्यता प्राप्त विशेषज्ञ चिकित्सक बिना नै उपचार सेवा सञ्चालन भइरहेको पाइएको काउन्सिलले जनाएको छ । ती क्लिनिकहरूमा केवल करिब साढे दुई वर्ष ‘डेन्टल हाइजेनिष्ट’ अध्ययन गरेका जनशक्तिको भरमा बिरामीको उपचार भइरहेको भेटिएको छ ।

काउन्सिलका अनुसार केही सञ्चालकहरूले अन्य चिकित्सकको नाम बोर्डमा राखेर भित्र आफूखुसी उपचार गर्ने, चिकित्सकको कृत्य हस्ताक्षर गर्ने तथा प्रचलित स्वास्थ्य ऐन, नियमावली र मापदण्डविपरीत क्लिनिक सञ्चालन भइरहेकोसमेत पाइएको छ ।

अनुगमन टोली पुग्ने सूचना पाएपछि सगरमाथा डेन्टल क्लिनिकका सञ्चालक भने क्लिनिक बन्द गरेर फरार भएको थियो । अनुगमन टोलीका संयोजक डा. अजय कुमार साहले बिना योग्य चिकित्सक क्लिनिक सञ्चालन गर्नु गम्भीर कानुनी उल्लङ्घन भएको बताए । उनले भने, “योग्य चिकित्सक बिना डेन्टल क्लिनिक सञ्चालन गर्नु कानुन विपरीत मात्र होइन, यसले सर्वसाधारणको स्वास्थ्य र ज्यानमाथि प्रत्यक्ष जोखिम निम्त्याउँछ । प्राप्त उजुरीका आधारमा हामीले स्थलगत अनुगमन गरी यस्ता अवैध क्लिनिकहरूको पहिचान गरेका छौँ र दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।”

अनुगमन टोलीमा डा. साहसहित विज्ञका रूपमा डा. राजिव शर्मा र डा. सुमन कर्ण सहभागी भएका थिए । काउन्सिलले आगामी दिनमा पनि विभिन्न स्थानमा यस्ता अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।