काठमाडौँ । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सक्रिय भूमिका निभाउने क्रममा प्रहरीका ६९ कर्मचारीलाई सम्मान गरिएको छ। यसमा दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) सहित उच्च तहका अधिकृतहरू पनि परेका छन्।
प्रहरी महानिरीक्षक (आइजिपी) दान बहादुर कार्कीले केन्द्रीय निर्वाचन सेलका प्रमुख उमा प्रसाद चतुर्वेदी र उपत्यका प्रहरी कार्यालयका ईश्वर कार्की सहित अन्य अधिकृतहरूलाई पुरस्कृत गरेका हुन्।
प्रहरी प्रधान कार्यालयको कार्य विभाग र प्रदेश कार्यालयका डिआइजीहरू सहित कुल ६९ जनालाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।
पुरस्कार प्राप्त सूचीमा केन्द्रीय निर्वाचन सेलका एसएसपी दयानिधी ज्ञवाली, सुवास चन्द्र बोहरा, प्रदेश प्रहरी तालिम केन्द्र पोखराका जनार्दन जिसी र विपद् प्रतिकार्य तथा तालिम केन्द्रका सन्तोष कुमार भट्टराई रहेका छन्।
फागुन २१ मा भएको निर्वाचन अघि रणनीति निर्माण र विश्लेषण कार्यमा नेतृत्व प्रदान गर्ने विश्लेषण महाशाखा एसएसपी दयानिधी ज्ञवालीले गरेका थिए।
प्रदेशमा खटिएका एसपीहरूमा पर्साका नरेश राज सुवेदी, सुर्खेतका सुधिर राज शाही, बाँकेका अंगुर जिसी, झापाका बसुन्धारा खड्का, चितवनका गोविन्द पुरी र सिरहाका वासुदेव पाठक रहेका छन्।
साथै, डिएसपीहरू कौशल बुढाथोकी र द्ववारीका घिमिरे तथा प्रहरी जवान सुजन कार्की र गन्दिप बहादुर कार्की लगायतले पनि यस सम्मानमा समावेश भएका छन्।







