२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसभित्र आन्तरिक समीक्षामा तीव्रता, छुट्टै बैठक बोलाउने देउवा पक्षको तयारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस भित्र जारी आन्तरिक छलफल र निर्वाचन परिणामको मुल्यांकनका बीच संस्थापनइतर समूहले पनि अलग्गै बैठक आयोजना गर्ने तयारी गरेको छ।

सानेपामा उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बैठक चलिरहँदा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का को निवासमा बसेको समूहले पनि समसामयिक राजनीतिक विषय र निर्वाचन परिणामबारे छलफल गर्न आफ्नै बैठक आह्वान गर्ने निष्कर्ष निकालेको हो।

उक्त समूहका नेता मीन विश्वकर्मा का अनुसार देउवा पक्षमा रहेका केन्द्रीय कार्यसमिति सदस्यहरूको सहभागितामा छिट्टै बैठक आयोजना गर्ने तयारी गरिएको छ। उनका अनुसार निर्वाचनको समीक्षा र समसामयिक मुद्दामा साझा धारणा बनाउन यस्तो बैठक आवश्यक ठानिएको हो।

यसअघि सर्वोच्च अदालतको निर्णयपछि पार्टीभित्रको एकता अपेक्षाकृत कमजोर भएको धारणा समेत उनले व्यक्त गरेका छन्।

देउवा पक्षले पार्टीले भोगेको निर्वाचन परिणामका कारणहरूबारे आफ्नै दृष्टिकोणबाट मुल्यांकन गर्न बैठक बोलाउन लागेको हो। यसबीच सानेपामा जारी बैठकले भने विशेष महाधिवेशनपछिको नेतृत्व मात्र होइन, त्यसअघि देखिएका संगठनात्मक कमजोरी र दीर्घकालीन समस्याहरू पनि हारका कारणका रूपमा देखिएको निष्कर्ष निकालेको बताइएको छ।

उपसभापति शर्माले बैठकमा २७ बुँदे प्रतिवेदन प्रस्तुत गर्दै निर्वाचनमा अपेक्षित परिणाम नआउनुका विभिन्न कारणहरू औँल्याएका थिए। देउवा समूहले भने उक्त मुल्यांकनप्रति असन्तुष्टि जनाउँदै आफ्नै तर्फबाट विस्तृत समीक्षा गर्न तयारी थालेको हो।

समूहभित्रका नेताहरूसँग परामर्शपछि बैठकको मिति र एजेन्डा टुंगो लगाइने जनाइएको छ।