२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशन केन्द्रित हुन पार्टीलाई गगन थापाको आह्वान

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका सबै संरचनालाई आगामी महाधिवेशनतर्फ केन्द्रित हुन आग्रह गर्दै प्रक्रिया अघि बढाउन कुनै अवरोध नहुने स्पष्ट पारेका छन्।

मंगलबार नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै उनले विशेष महाधिवेशनपछिको परिस्थितिलाई सामान्यीकृत गर्दै अबको संगठनात्मक प्राथमिकता नियमित महाधिवेशन रहेको धारणा राखेका हुन्।

उनका अनुसार विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व गठन भइसकेको र सोही आधारमा पार्टीले निर्वाचनमा सहभागिता जनाइसकेको सन्दर्भमा अब त्यसअघिको सहभागिता वा असहभागितालाई आधार बनाएर विभाजन सिर्जना गर्न नहुने उल्लेख गरे।

थापाले महाधिवेशन प्रक्रियामा सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कुनै पनि तहका नेताहरूलाई पूर्वाग्रहका आधारमा मूल्यांकन नगर्ने स्पष्ट पारे। उनले पार्टीभित्र समावेशी सहभागिता सुनिश्चित गर्दै आगामी संगठनात्मक गतिविधि सञ्चालन गरिने बताएका छन्।