१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा खैरो हेरोइनसहित दुई जना पक्राउ, थप अनुसन्धान जारी

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहाले लागूऔषध नियन्त्रण अभियान अन्तर्गत खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

गोलबजार नगरपालिका-४ स्थित निपाने टोलमा विशेष सूचनाका आधारमा परिचालन गरिएको प्रहरी टोलीले स्थानीय अनिल चौधरीलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। प्रारम्भिक जाँचका क्रममा उनको साथबाट करिब १ ग्राम जस्तो देखिने लागूऔषधजन्य पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनासँग सम्बन्धित थप अनुसन्धानका क्रममा सोही प्रकरणमा संलग्न रहेको आशंकामा बलिराम महतोलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। महतोको निवासमा गरिएको खानतलासीबाट थप १०.२५ ग्राम लागूऔषध फेला परेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार दुवै व्यक्तिबाट नगद रकम, मोबाइल फोन, सुई तथा लाइटरलगायत सामग्री पनि बरामद गरिएको छ। पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी प्रचलित कानुन अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।