२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सक दर्ता प्रमाणपत्रको दुरुपयोग रोक्न मेडिकल काउन्सिलको कडा निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकहरूलाई आफ्नो दर्ता प्रमाणपत्र तथा विवरण केवल आफू प्रत्यक्ष रूपमा कार्यरत स्वास्थ्य संस्थामै प्रयोग गर्न निर्देशन दिएको छ।

अन्यत्र दर्ता नम्बर वा प्रमाणपत्रको प्रयोग हुँदा व्यावसायिक आचारसंहिता उल्लंघन हुने र सर्वसाधारणमा भ्रम सिर्जना हुने जोखिम रहने काउन्सिलले जनाएको छ।

काउन्सिलका रजिस्ट्रार डा. सतिसकुमार देवका अनुसार कतिपय अवस्थामा चिकित्सकको नाम र दर्ता नम्बर उनीहरू कार्यरत नरहेका क्लिनिक तथा अस्पतालमा समेत प्रयोग भइरहेको पाइएको छ।

यसले सेवा प्रदायकको वास्तविक पहिचानमा अन्योल उत्पन्न गर्ने र बिरामीलाई गलत सूचना दिने सम्भावना बढाउने उनको भनाइ छ। यस्तो अभ्यासले स्वास्थ्य सेवाप्रतिको विश्वासमा नकारात्मक प्रभाव पार्ने र भविष्यमा कानुनी तथा प्रशासनिक समस्या निम्तिन सक्ने चेतावनी पनि दिइएको छ।

काउन्सिलले चिकित्सकहरूलाई आफ्ना व्यक्तिगत विवरणको दुरुपयोग हुन नदिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, आफू कार्यरत नरहेका पुराना स्वास्थ्य संस्थाहरूबाट नाम, प्रमाणपत्र र दर्ता नम्बर हटाउन पहल गर्न पनि निर्देशन दिइएको छ।

त्यसैगरी, साइनबोर्ड, विज्ञापन सामग्री तथा दर्ता अभिलेखमा प्रयोग भएका विवरणहरूको सत्यता नियमित रूपमा जाँच गर्नुपर्ने र आफ्नो जानकारीको अनधिकृत प्रयोग भए/नभएको निगरानी गर्नुपर्नेमा पनि काउन्सिलले जोड दिएको छ।

स्वास्थ्य सेवामा पारदर्शिता, विश्वसनीयता र व्यावसायिक मर्यादा कायम राख्न यस्ता निर्देशनहरू कार्यान्वयन गर्न काउन्सिलले सम्बन्धित सबै चिकित्सकलाई अनुरोध गरेको छ।