२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन पूर्वतयारीमै कमजोर रहेको काठमाडौँ बाहिरका सिडिओहरूको रिपोर्ट

अ+ अ-

काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा काठमाडौँ उपत्यका बाहिरका जिल्लाहरूमा समेत प्रदर्शनका कारण व्यापक क्षति पुगेको देखिएको छ। तर, यस्तो स्तरको क्षति हुने अनुमान स्थानीय प्रशासनले पहिले नगरेको पाइएको छ।

कार्की आयोगले संकलन गरेको विवरण अनुसार काठमाडौँको बानेश्वरस्थित संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालतलगायतका संरचनामा आगजनी भएपछि त्यसको असर विभिन्न जिल्लाहरूमा समेत विस्तार भएको थियो। कतिपय जिल्लामा नेपाली सेनाको परिचालन भए पनि सार्वजनिक सम्पत्तिमा क्षति पुगेको उल्लेख गरिएको छ।

आन्दोलनका क्रममा भएका घटनाबारे थप तथ्य संकलन गर्न आयोगले बढी प्रभावित जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारीहरूबाट विस्तृत ‘घटना विवरण कागज’ माग गरेको थियो। आन्दोलनअघि, आन्दोलनका बेला र त्यसपछिको अवस्थाबारे यथार्थ जानकारी लिन ती विवरणहरू संकलन गरिएको हो।

प्राप्त विवरण अनुसार प्रमुख जिल्ला अधिकारीहरूले आन्दोलनको नेतृत्व मूलतः जेन जेड समूहले नै गरेको देखिए पनि त्यसमा विभिन्न तहका प्रभावहरू रहेको उल्लेख गरेका छन्। सामाजिक अभियन्ता भनिने व्यक्तिहरू, राजनीतिक दलका संस्थापन तथा इतर पक्षका कार्यकर्ता र सामाजिक सञ्जालमार्फत सक्रिय केही समूहहरूले आन्दोलनकारीलाई उक्साउने भूमिका खेलेको उनीहरूको भनाइ छ।