२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर’ : महिला मन्त्री वादी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सीता वादीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको पदभार ग्रहण गरेकी छिन्।

उनी नेपालको वादी समुदायबाट मन्त्री बन्ने पहिलो महिला हुन्। पदभार ग्रहण गरेसँगै उनी भावुक भइन्। आँखाबाट आँसु पुछ्दै उनले भनिन्, “सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर।”

उनले समाजको जातीय बहिष्करणसँग संघर्ष गर्दै मन्त्री बन्ने अवसर पाउँदा इतिहासमै परिवर्तन आएको महसुस गरेको बताइन्। उनले भनिन्, “अब जिम्मेवार भएर समाज रूपान्तरणमा सक्रिय हुनेछु।”

महिला सशक्तीकरणका क्षेत्रमा सामाजिक संस्थामार्फत सेवा गर्दै आएकी नवनियुक्त मन्त्री वादी कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका-१४ स्थायी घर भएकी हुन्। हाल उनी काठमाडौँको बुढानीलकण्ठ-८ मा बसोबास गर्दै आएकी छिन्।

गरिबी र सामाजिक विभेदका कारण जीवनका प्रत्येक चरणमा पहिचानका लागि संघर्ष गर्दै आएकी उनी रास्वपामा आबद्ध भएकी थिइन्। समानुपातिक प्रणालीबाट सांसद बनेकी उनले १३ वर्षको उमेरदेखि संस्थागत आर्थिक सहयोगमा आफ्नो अध्ययन पूरा गरिन्।

स्नातक तहसम्मको शिक्षा हासिल गरेपछि उनले समाजमा विभेद अन्त्य गर्न र महिला सशक्तीकरणका लागि सामाजिक संस्था सञ्चालन गर्दै आएकी थिइन्। अब मन्त्रालयको नेतृत्व सम्हाल्दै उनले महिला तथा सीमान्तकृत समुदायका समस्याहरू समाधान गर्न बृहत्तर रूपमा काम गर्ने बताएकी छिन्।