२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली पक्राउको विरोधमा काठमाडौँसहित देशभर एमालेको प्रदर्शन जारी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेसँग आबद्ध विभिन्न जनवर्गीय संगठनहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति विरोध जनाउँदै आइतबार पनि राजधानीमा प्रदर्शनलाई निरन्तरता दिएका छन्।

माइतीघर–बबरमहल क्षेत्र केन्द्रित रूपमा कार्यकर्ताहरू भेला भई विरोध प्रदर्शन गरिरहेका छन्। यससँगै देशका विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि समानान्तर रूपमा सञ्चालन भइरहेको छ।

यसअघि शनिबारदेखि सुरु भएको विरोध कार्यक्रम आइतबार थप विस्तार भएको हो। राजधानीमा मात्रै नभई अन्य जिल्लाहरूमा पनि प्रशासन कार्यालय अगाडि प्रदर्शन भइरहेको जानकारी प्राप्त भएको छ।

भदौ २३ र २४ गते भएको ‘जेन जेड’ आन्दोलन र त्यससँग सम्बन्धित दमन घटनालाई लिएर पछिल्लो राजनीतिक गतिविधि बढेको देखिन्छ। उक्त अवधिमा ओली प्रधानमन्त्री तथा लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए।

सोही घटनासँग सम्बन्धित अनुसन्धानका आधारमा ओली र लेखक पक्राउ परेपछि एमालेले देशव्यापी विरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ।