२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालपोत र नापीमा बिचौलिया निषेध, सरकारी अभिलेखमा पहुँच दिएमा कार्यालय प्रमुख जिम्मेवार

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका मालपोत तथा नापी कार्यालयहरूमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गर्न निर्देशन दिएको छ । साथै, सरकारी अभिलेखमा अनधिकृत व्यक्तिलाई पहुँच दिन नपाइने र त्यसो गरेको पाइएमा सम्बन्धित कार्यालय प्रमुख जिम्मेवार हुने व्यवस्था गरिएको छ ।

मन्त्रालयले मातहतका विभागलाई परिपत्र जारी गर्दै सेवा प्रवाह प्रक्रियामा अनधिकृत हस्तक्षेप रोक्न यस्तो निर्देशन दिएको जनाएको छ । परिपत्रमा कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश नियन्त्रण गर्न, सेवाग्राही र कार्यालयबीच प्रत्यक्ष सम्पर्क सुनिश्चित गर्न तथा अभिलेख तथा कागजातमा बाह्य पहुँच रोक्न विशेष सतर्कता अपनाउन भनिएको छ ।

निर्देशन अनुसार कार्यालयका अभिलेखमा कुनै पनि अनधिकृत व्यक्तिको पहुँच हुन नदिने स्पष्ट व्यवस्था गरिएको छ । यस व्यवस्थाको कार्यान्वयनमा लापरबाही भएको पाइएमा सम्बन्धित कार्यालय प्रमुख नै जवाफदेही हुने उल्लेख गरिएको मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी गराएको छ । 

मन्त्रालयले सेवा प्रवाहलाई पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउने उद्देश्यले यस्तो कदम चालिएको जनाएको छ । मालपोत तथा नापी कार्यालयहरूमा बिचौलियाको सक्रियता रहँदै आएको र सेवाग्राहीले अतिरिक्त शुल्क बुझाउनु परिरहेको सन्दर्भमा सरकारले सुशासन कायम गराउन उक्त व्यवस्था लागू गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सेवा प्रवाह सुधारका लागि विभिन्न प्रयास तथा अभियान सुरु गरिरहेकी छिन् ।