काठमाडौँ । जिल्ला प्रहरी परिसर भक्तपुरले शनिवार चलाएको ‘स्वीप अप्रेसन’ का क्रममा ६० भन्दा बढी पक्राउ परेका छन् ।
सार्वजनिक स्थलमा शान्तिसुरक्षामा भंग हुने कृयाकलाप गर्ने, लागूपदार्थ सेवन गर्ने, होहल्ला गर्नेलगायत शंकास्पद गतिविधि गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डीएसपी प्रकाश जबेगुले बताएका छन् ।
भक्तपुर प्रहरीले यस अभियानलाई ‘स्वीप अप्रेशन’नाम दिएको छ । यो अपरेसन आगामी दिनमा पनि निरन्तर जारी रहने डिएसपी जबेगुले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका व्यक्तिका विभिन्न कसुरमाथि छानबिन गरेपछि मुद्दा चलाइने भएको छ ।
ठिमी र जगाते प्रहरी वृत्तसहित जिल्लाका विभिन्न प्रभाग र युनिटलाई परिचालन गरी प्रहरीले अप्रेसन सुरु गरेको छ ।






