२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चिया क्षेत्रका चुनौती समाधानका लागि कूटनीतिक पहल आवश्यक’ : सांसद राई

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा नेपाली काँग्रेसका सांसद निष्कल राईले चिया उत्पादनसँग सम्बन्धित किसान तथा उद्योगीले भोगिरहेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।

संसद् बैठकमा धारणा राख्दै उनले हाल चियाको पहिलो टिपाइको सिजन चलिरहे पनि किसानले आफ्नो श्रमअनुसारको प्रतिफल नपाएको अवस्था रहेको उल्लेख गरे। उत्पादन लागतअनुसार निर्धारण हुनुपर्ने न्यूनतम मूल्यसमेत व्यवहारमा सुनिश्चित हुन नसकेको उनको भनाइ थियो।

उनले कृषकहरूले मलको अभावजस्ता आधारभूत समस्यासमेत झेल्नुपरेको बताउँदै यसले उत्पादन र आय दुवैमा असर परेको संकेत गरे। साथै, चिया उद्योगसमेत विभिन्न कारणले दबाबमा रहेको उनको टिप्पणी थियो।

राईका अनुसार छिमेकी मुलुक भारतको पश्चिम बंगाल राज्य सरकार तथा सम्बन्धित निकायका नीतिगत कारणले पनि समस्या जटिल बनेको छ। यस्तो अवस्थालाई किसान वा उद्योगीको व्यक्तिगत प्रयासले मात्र समाधान गर्न नसकिने उल्लेख गर्दै उनले सरकारबाट कूटनीतिक माध्यममार्फत दीर्घकालीन समाधान खोजिनुपर्ने आवश्यकता औँल्याएका छन्।