काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार साहको बर्खास्तपछि उनकी पत्नी जुनु श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी छन्।
श्रेष्ठले आफ्नो श्रीमानमाथि भएको कारबाहीबारे अन्याय भएको बताउँदै आफ्नो दृष्टिकोण प्रस्तुत गरेकी छन्।
प्रधानमन्त्री वालेन्द्र शाह )बालेन)ले आज श्रम मन्त्री साहमाथि पदीय दुरुपयोगको आरोप लगाउँदै बर्खास्त गर्ने निर्णय गरेका थिए। उनीमाथि स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य बीमा बोर्डमा आफ्नो पत्नी नियुक्त गराएको आरोप पनि प्रतिवेदनमा उल्लेख थियो।
श्रेष्ठले फेसबुकमा जारी गरेको भिडियो स्पष्टीकरणमा आफ्नो पद वा जिम्मेवारीलाई लिएर श्रीमानसँग सम्बन्धित गर्न आवश्यक नभएको टिप्पणी गरेकी छन्। उनले भनेकी छन, ‘ कारबाही गर्नु अघि उनीहरूसँग प्रत्यक्ष संवाद वा स्पष्टीकरण लिनुपर्ने अवस्था सिर्जना गरिएको थिएन।’
करिब सात मिनेट लामो भिडियोमा श्रेष्ठले आफ्नो योग्यताको विवरण र पेशागत उपलब्धिहरू प्रस्तुत गर्दै आफ्नो पक्ष स्पष्ट गरेकी छन्।







