२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहदानी र सवारी चालक अनुमति पत्र घरदैलोमै पुर्‍याउने कार्य प्रारम्भ

अ+ अ-

काठमाडौँ। सरकारले नागरिकलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यका साथ राहदानी र सवारी चालक अनुमति पत्र (लाइसेन्स) घरदैलोमै पुर्‍याउने कार्य प्रारम्भ गरेको छ । 

शासकीय सुधारको एक सय दिने कार्यसूची अनुसार अत्यावश्यक सरकारी कागजात घरमै पुर्‍याउने योजना कार्यान्वयनमा आएसँगै नागरिकले राहत महसुस गर्न थालेका छन् ।

गत चैत १३ गते सार्वजनिक गरिएको शासकीय सुधारको कार्ययोजना अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको सक्रियतामा यो प्रक्रिया अघि बढेको हो । सञ्चार मन्त्री तिमिल्सिनाले हुलाक सेवा विभागलाई गृह मन्त्रालय र राहदानी विभागसँग समन्वय गरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका छन् ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार हाल मकवानपुर, म्याग्दी र डडेलधुरा लगायतका जिल्लामा यो सेवा परीक्षणका रूपमा सफलतापूर्वक सञ्चालन भइरहेको छ । अन्य जिल्लामा पनि स्थानीय आवश्यकता अनुसार कार्ययोजना निर्माण भइरहेको र राहदानी बनाउने समयमै सेवाग्राहीको पूर्ण ठेगाना संकलन गर्न थालिएको छ ।

यसैबिच, म्याग्दीका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बुधबार बेनी नगरपालिकाका वडा नम्बर २ र ६ मा आफैँ पुगेर ६ वटा राहदानी हस्तान्तरण गरेका छन् । घरमै सेवा प्राप्त भएपछि सेवाग्राहीको समय, खर्च र झन्झट हटेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यो पहलले लामो समयदेखि सुस्ताएको हुलाक सेवालाई पुनः सक्रिय र आधुनिक बनाउने अवसर समेत प्रदान गरेको छ । परम्परागत चिठी पत्र वितरणमा सीमित हुलाकलाई अब सरकारी कुरियर सेवा का रूपमा रूपान्तरण गर्ने रणनीति सरकारले लिएको छ ।

भौगोलिक विकटता र जनशक्ति व्यवस्थापन जस्ता चुनौतीका बावजुद सरकारले स्रोत साधनको परिचालन गर्दै यो सेवालाई देशव्यापी विस्तार गर्ने लक्ष्य राखेको छ । यो व्यवस्था पूर्णरूपमा लागु भएपछि नागरिकले सामान्य कामका लागि पनि सरकारी कार्यालयमा घण्टौँ लाइन बस्नुपर्ने र बिचौलियाको सहारा लिनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिइएको छ । 

0 Comments