काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा गरेको छ ।
बिहीवार(आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
सरुवा गरिएका सहसचिवहरुमा २० जनालाई प्रदेशमा सरुवा गरिएको छ । जसमध्ये पाँच जनालाई मधेश प्रदेशमा पठाइएको छ भने पाँच जनालाई लुम्बिनी, चार जनालाई बागमती, दुई जनालाई कोशी, दुई जनालाई गण्डकी तथा एक जनालाई कर्णाली र एक जनालाई सुदूर पश्चिम खटाइएको छ ।
सूची :







