२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती किनार अतिक्रमण हटाउने अभियान तीव्र : थापाथलीपछि गैरीगाउँमा संरचना हटाइँदै, ६८ परिवारको तथ्यांक संकलन

अ+ अ-

काठमाडौँ । बागमती नदी किनारमा सार्वजनिक तथा सरकारी पर्ती जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान तीव्र पारिएको छ। सोही क्रममा बागमती नदी खण्डअन्तर्गत थापाथली क्षेत्रका बस्ती पूर्ण रूपमा खाली गराइएको छ भने मध्यान्नपछि गैरीगाउँ क्षेत्रमा पनि संरचना हटाउने कार्य अघि बढाइएको छ।

अतिक्रमित बस्ती हटाउने पूर्वतयारीस्वरूप बिहीबारदेखि माइकिङमार्फत सूचित गरिएको थियो। उक्त सूचनापछि शुक्रबारदेखि केही परिवारले स्वेच्छिक रूपमा घरटहरा खाली गर्न थालेका थिए। शनिबार बिहानसम्म पनि खाली गर्ने क्रम जारी रहेकाले बिहान ६ बजेदेखि तय गरिएको भत्काउने कार्यक्रम केही समयपछि सार्दै स्थानीयलाई आफैँ संरचना हटाउने थप अवसर प्रदान गरिएको थियो। त्यसपछि करिब बिहान ८ बजेदेखि संरचना हटाउने कार्य औपचारिक रूपमा सुरु गरिएको हो।

थापाथली क्षेत्रका संरचना हटाइसकेपछि सम्बन्धित निकायले मध्यान्नपछि गैरीगाउँ क्षेत्रमा पनि सोही अभियान अघि बढाएको जनाएको छ।

यस क्रममा विस्थापित भएका घरबारविहीन तथा भूमिहीन व्यक्तिहरूलाई दशरथ रंगशालामा ल्याई तथ्यांक संकलन कार्य भइरहेको छ। साँझ ५:५० बजेसम्म ६८ परिवारको विवरण संकलन भइसकेको छ। तीमध्ये ३४ परिवारलाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा स्थानान्तरण गरिएको छ।

साथै, तथ्यांक संकलनकै क्रममा १८ जना प्रभावितलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

0 Comments