२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको चुनावी पराजयबारे पूर्णबहादुर खड्काको टिप्पणी, विशेष महाधिवेशनलाई मुख्य कारण ठहर

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा पार्टी एकताबद्ध भएर अघि बढ्न सकेको भए उल्लेख्य सिट प्राप्त हुने दाबी गरेका छन् ।

मंगलबार धुम्बाराहीस्थित स्मार्ट होटेलमा आयोजित आफ्नै समूहका नेताहरूको भेलामा समसामयिक राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै उनले काँग्रेसको चुनावी परिणाम अपेक्षाभन्दा कमजोर आउनुको मुख्य कारण आन्तरिक विवाद रहेको बताए ।

खड्काका अनुसार पार्टी एक ढिक्का भएर चुनावमा सहभागी भएको अवस्थामा कम्तीमा ७० सिटसम्म जित्न सकिने सम्भावना थियो । अहिलेको परिस्थितिमा समेत उम्मेदवार व्यवस्थापन प्रभावकारी भएको भए ५० देखि ६० सिटसम्म पुग्न सक्ने उनको आकलन छ ।

उनले चुनावी परिणामबाट देशले नचाहेको परिस्थिति भोग्नुपरेको टिप्पणी गर्दै आन्तरिक विभाजनले पार्टीलाई कमजोर बनाएको बताए ।

खड्काले विशेष महाधिवेशनलाई काँग्रेसको चुनावी पराजयसँग जोड्दै त्यसलाई प्रमुख कारणका रूपमा चित्रित गरे । उनका अनुसार पार्टीभित्रको उक्त प्रक्रिया नै निर्वाचनमा नकारात्मक प्रभाव पार्ने प्रमुख कारक बनेको हो ।

उनले विशेष महाधिवेशनको अगुवाइ गर्ने नेताहरूलाई नै वर्तमान परिस्थितिको मुख्य जिम्मेवार ठहर गरेका छन् ।

त्यसैगरी उनले विशेष र नियमित महाधिवेशन सम्बन्धी विवादमा तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो प्रतिबद्धता विपरीत कार्य गरेको आरोप लगाए । सो प्रसंगमा तत्कालीन केन्द्रीय सदस्य रमेश लेखक पनि साक्षी रहेको उनको भनाइ थियो ।

0 Comments