२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशव्यापी अतिक्रमित जग्गा खाली गरिँदै, गृहले ७७ जिल्लाका सिडिओसँग योजना माग्दै सुरक्षा प्रबन्ध मिलाउन निर्देशन

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले देशभरका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा खाली गराउने प्रक्रिया अघि बढाउँदै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सँग विस्तृत कार्ययोजना माग गरेको छ।

मन्त्रालयले बुधबार परिपत्र जारी गर्दै जिल्लाभित्र रहेका अतिक्रमित सरकारी, सार्वजनिक, गुठी तथा ऐलानी जग्गाको पहिचान गरी सम्बन्धित निकायसँग समन्वयमा हटाउने योजना तयार पारेर मन्त्रालयमा पठाउन निर्देशन दिएको हो। गृह प्रवक्ता आनन्द काफ्लेले परिपत्रमार्फत उक्त विवरण माग गरिएको जानकारी दिएका छन्।

सचिवस्तरीय निर्णय अनुसार अतिक्रमण हटाउने कार्य अघि बढाउँदा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र सम्बन्धित निकायबीच सहजीकरण गर्न पनि निर्देशन दिइएको छ। मन्त्रालयको स्वीकृति पश्चात् मात्रै अतिक्रमण हटाउने कार्य अगाडि बढाइने उल्लेख गरिएको छ।

यसअघि गृह मन्त्रालयले गत चैत २० गते नै सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण र अभिलेख व्यवस्थापनसम्बन्धी परिपत्र जारी गरेको थियो। त्यसअनुसार जिल्ला प्रशासन कार्यालयहरूले स्थानीय तहहरूसँग समन्वय गरी सरकारी, गुठी, संस्थागत तथा ऐलानी जग्गामा रहेका संरचना र बसोबासको विवरण संकलन गरेका थिए। प्रहरीमार्फत समेत प्रशासनलाई विवरण उपलब्ध गराउन पत्राचार गरिएको थियो।

सरकारले अतिक्रमण हटाउने अभियानलाई थप तीव्र बनाउने तयारी गरेको छ। सोही क्रममा काठमाडौँ उपत्यकाभित्र नदी किनार क्षेत्रमा बनेका अतिक्रमित संरचना हटाउने कार्य पनि सुरु हुने तयारी छ। यसका लागि सम्बन्धित क्षेत्रमा सूचना प्रवाह तथा माइकिङ गर्ने कार्य अघि बढाइएको जनाइएको छ।

अतिक्रमण हटाउने कार्यलाई समन्वित र व्यवस्थित बनाउन केन्द्रबाट निर्देशनसहित योजना संकलनको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

0 Comments