१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः सिफारिसपछि हर्क साम्पाङले राष्ट्रपतिलाई भने – ‘जे पायो त्यही पास गर्नु हुँदैन है !’

अ+ अ-

काठमाडौँ । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेसँगै यस विषयमा प्रतिक्रिया आउन थालेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता आएको उक्त अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सो अध्यादेशलाई यथावत् पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरिएको हो ।

यसैबीच, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको उक्त निर्णयप्रति प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै राष्ट्रपतिलाई जथाभावी अध्यादेश स्वीकृत नगर्न सुझाव दिएका छन् ।

“संवैधानिक परिषद् सम्बन्धि अध्यादेश पुनः पठाउनुको कारण के हो ? राष्ट्रपतिज्यु जथाभावी जे पायो त्यही पास गर्नु हुँदैन है ! संसदलाई बन्दी बनाउने काम नगरियोस् !” साम्पाङले लेखेका छन् ।

उक्त अध्यादेश यसअघि राष्ट्रपतिबाट पुनर्विचारका लागि सरकारसमक्ष फिर्ता पठाइएको थियो । सरकारले पुनः सिफारिस गर्ने निर्णय गरेपछि अध्यादेशको औचित्य र प्रक्रिया सम्बन्धमा बहस बढ्न थालेको छ ।

0 Comments