काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत शाखा अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १६६९४/०८१-८२ (खुला), नेपाल न्याय सेवा, न्याय समूह, रा.प तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :

यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१९९/०८२-८३ (मधेशी), नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार पनि सिफारिस गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :








