१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पछिल्ला निर्वाचन परिणामलाई वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त हुदैन्’ : शंकर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्ला निर्वाचन परिणामलाई केवल वामपन्थी शक्तिको पराजयका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने बताएका छन् । उनका अनुसार वर्तमान परिणामले समग्र लोकतान्त्रिक शक्तिहरूको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले भारतको केरल राज्यमा वाम गठबन्धन पराजित भएको घटनासँग नेपालको वाम आन्दोलनलाई जोडेर गरिएका विश्लेषणप्रति असहमति जनाएका हुन् ।

पोखरेलले केरलमा विगतदेखि नै निर्वाचनपिच्छे सत्ता परिवर्तन हुने राजनीतिक प्रवृत्ति देखिँदै आएको उल्लेख गरेका छन् । अघिल्लो निर्वाचनमा भने वाम गठबन्धन पुनः सरकारमा फर्कन सफल भएको उदाहरण दिँदै उनले कुनै एक चुनावी परिणामका आधारमा वाम आन्दोलनको भविष्य निर्धारण गर्न नसकिने धारणा राखेका छन् ।

उनका अनुसार राजनीतिक शक्तिको दीर्घकालीन भविष्य जनतासँगको सम्बन्ध, राष्ट्रहितप्रतिको प्रतिबद्धता तथा भविष्य केन्द्रित नीतिगत एजेन्डाले तय गर्ने विषय हो ।

महासचिव पोखरेलले अहिले देखिएको राजनीतिक पराजयलाई व्यापक लोकतान्त्रिक शक्तिहरूको चुनौतीका रूपमा लिनुपर्ने बताएका छन् । लोकतान्त्रिक आन्दोलनको आधार बनेका राजनीतिक दलहरूले हारका कारणबारे गम्भीर समीक्षा गर्दै पुनर्गठन र पुनर्जागरणको स्पष्ट योजना तयार गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन् ।

उनले लोकतान्त्रिक भविष्यलाई सुरक्षित बनाउन राजनीतिक शक्तिहरूले आत्ममुल्यांकनमार्फत संगठनात्मक तथा वैचारिक सुधारतर्फ अग्रसर हुनुपर्ने धारणा पनि व्यक्त गरेका छन् ।

राजनीतिक संकट र प्रतिकूल परिस्थितिमा निराश भएर पछि हट्ने प्रवृत्ति उपयुक्त नहुने उल्लेख गर्दै उनले चुनौतीलाई सामना गर्दै परिस्थितिलाई अवसरमा रूपान्तरण गर्नु नै क्रान्तिकारी राजनीतिक चरित्र भएको बताएका छन् ।

0 Comments