२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामन्त्रीसँग राष्ट्रसंघीय विभिन्न निकायका प्रतिनिधिमण्डलको भेट

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग संयुक्त राष्ट्रसंघीय विभिन्न निकायका प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरी शिक्षा क्षेत्रमा भइरहेको सहकार्य र आगामी सहयोगका विषयमा छलफल गरेको छ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको उक्त भेटमा संयुक्त राष्ट्रसंघको नेपालस्थित आवासीय संयोजक लीला पिटर्स याहिमा नेतृत्वको टोली सहभागी थियो। भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा शिक्षा क्षेत्रसँग सम्बन्धित साझा सरोकारका विषयमा विचार आदानप्रदान गरिएको जनाइएको छ।

छलफलमा संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ), विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए), अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) लगायत विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

मन्त्रालयका अनुसार भेटमा युनिसेफले समावेशी शिक्षा, तथ्यमा आधारित सिकाइ, प्रविधिको उपयोग, दिगो विकास लक्ष्यसँग सम्बन्धित कार्यक्रम तथा साक्षरता र जीवनपर्यन्त सिकाइमा गर्दै आएको सहयोगबारे छलफल गरिएको थियो।

त्यस्तै आईओएममार्फत विदेश अध्ययनरत विद्यार्थीहरूको मानसिक स्वास्थ्य, डब्लुएफपीमार्फत विद्यालय दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने सम्भावना तथा यूएनएफपीएले लागू गर्दै आएको समग्र यौन शिक्षा र डिजिटल सिकाइ कार्यक्रमबारे पनि समीक्षा गरिएको बताइएको छ।

बसाइसराइसम्बन्धी अन्तर्राष्ट्रिय संगठनसँग सुरक्षित बसाइसराइका विषयमा भइरहेको सहकार्य र भविष्यमा विस्तार गर्न सकिने क्षेत्रहरूबारे समेत विचारविमर्श भएको छ।

भेटका क्रममा शिक्षामन्त्री पोखरेलले समावेशी शिक्षा, शिक्षकको पेशागत क्षमता विकास, विज्ञान तथा प्रविधिको प्रयोग र डिजिटल सिकाइ प्रवर्द्धनमा थप सहकार्यका लागि मन्त्रालय सकारात्मक रहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक याहिमाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ।

0 Comments