२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रबाट आएका फाइल सात दिनभित्र शून्य बनाउन सुनिता डंगोलको निर्देशन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले केन्द्रबाट वडामा आएका सबै फाइल हप्ताको सोमबारभित्र शून्य बनाउन निर्देशन दिएकी छिन्।

महानगरपालिकाको सभा कक्षमा आयोजना गरिएको पाक्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले विभागीय प्रमुखहरूलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र नमिलेको भए कारण खुलाएर फिर्ता पठाएर केन्द्रमा शून्य फाइल बनाउन निर्देशन दिएकी हुन् । साथै उनले, वडामा भएको बजेटबाट काम गर्दा गुणस्तरीयता कायम हुन नसक्ने अवस्थाका कार्यक्रम कार्यान्वयन नगर्न वडा सचिवहरूलाई निर्देशन दिइन् ।

सम्पन्न योजनाको लाभ लागत विश्लेषण, कार्यान्वयनमा रहेका योजनाको गुणस्तर र कार्यान्वयन गर्न समस्यामा रहेका योजनाको समाधानका विषयमा कुरा गर्दै उनले, तोकिएका विभागीय प्रमुखहरूसँग समन्वय गरेर नतिजा निकाल्न आग्रह गरिन् । ‘वेरुजु शून्य बनाउन लगन चाहिएको छ ।

राजस्व संकलन कार्यलाई प्रभावकारी बनाउनु पर्नेछ । सार्वजनिक जग्गा अतिक्रमण हटाउने, भएका सम्पत्तिको अभिलेखन गर्ने कामलाई प्रभावकारी बनाउनु पर्नेछ । पूर्वाधारका कामलाई गुणस्तर बनाउनु पर्नेछ । सामाजिक क्षेत्रका कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गर्दा सधैँ र सबै तालिममा एउटै अनुहार राख्ने प्रणाली अन्त्य गर्नु पर्नेछ । रातको समयमा सडक बत्ती निभ्न नदिने व्यवस्था मिलाउनु पर्नेछ । भू प्रशासनलाई चुस्त बनाउनु पर्नेछ । सेवाग्राहीलाई अनलाइन सेवामा अभ्यस्त गराउनु पर्नेछ । भौतिक उपस्थितिमा दिनु पर्ने सेवालाई चुस्त बनाउनु पर्नेछ ।’ वडा प्रशासनबाट गरेका अपेक्षामा कुरा गर्दै उहाँले, वडाको सेवामा महानगरपालिकाको मुहार देखिने भएकोले यसतर्फ संवेदनशील रहन आग्रह गरिन् ।

कार्यमा सबै वडाका सचिवहरूले चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रम कार्यान्वयनको अवस्था, वित्तीय र भौतिक प्रगति, सामाजिक तथा अन्य क्षेत्रका कार्यक्रम, वडावासीका माग र अपेक्षा, गर्न नसकिने कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

उपभोक्ता समितिहरूले समयमा कागजपत्र बुझाउन नसक्नु, इन्धनको मूल्य वृद्धि भएपछि निर्माण व्यवसायीहरूले योजना सम्पन्न गर्नमा ढिलाइ गर्नु, बजेट शीर्षकमा नभएका कार्यक्रमका लागि माग हुनु जस्ता विषय औँल्याउँदै वडा सचिवहरूले, सैद्धान्तिक वेरुजु फस्र्योट, राजस्वका दर, राजस्व गणना तथा दायरा, सिसिटिभी क्यामरा जडान, सुरक्षा र सहरी व्यवस्थापनका जस्ता साझा विषयमा साझा कार्यक्रम सञ्चालन हुनुपर्नेमा जोड दिइन् ।

छलफलमा प्रशासन विभागका प्रमुख महेश काफ्लेले, जनशक्ति व्यवस्थापनलाई वैज्ञानिक बनाइने बताए। वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले, आ. व. २०८२/०८३ को अन्तिम लेखा परीक्षणका क्रममा महालेखा परीक्षकको कार्यालयबाट औँल्याएको वेरुजु घटाउने प्रक्रियामा केन्द्र र वडा सँगै बसेर काम गर्नु पर्ने अवस्था रहेको बताए।

0 Comments