२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान संशोधन बहस पत्रका लागि जेन जेडहरूसँग संवाद आज, भ्रममा नपर्न कार्यदलको आग्रह

अ+ अ-

काठमाडौँ । संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलले जेन जेड प्रतिनिधिहरूसँग आज हुने छलफललाई लिएर देखिएका केही अन्योल र असन्तुष्टिबीच सकारात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ ।

कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहस पत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य उद्देश्य रहेको स्पष्ट पार्दै सोहीअनुसार जेन जेड प्रतिनिधिहरूलाई छलफलका लागि आमन्त्रण गरिएको बताए ।

आज साँझ ५ बजेका लागि तय गरिएको छलफलअघि केही जेन जेड प्रतिनिधिहरूले अघिल्लो सरकारसँग भएका सहमतिका विषयलाई लिएर असन्तुष्टि जनाउँदै बहिष्कारको संकेत गरेपछि संयोजक शाहले त्यसबारे वास्तविकता स्पष्ट पारे ।

उनका अनुसार अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनकै चरणमा रहेका छन् भने जेन जेड परिषद् निर्माणको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विशेष उद्देश्यसहित आयोजना गरिएको यो छलफललाई अन्य विषयसँग जोडेर नहेर्न उनले आग्रह गरे ।

कार्यदलले जेन जेड प्रतिनिधिहरूबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव संकलन गर्ने गरी समय व्यवस्थापन गरिएको जनाएको छ । बोल्नका लागि पर्याप्त समय नदिइएको भन्ने जस्ता भ्रमपूर्ण प्रचार भइरहेकोप्रति संकेत गर्दै संयोजक शाहले कसैको पनि आवाजलाई बेवास्ता नगरिने विश्वास दिलाए ।

उनले राजनीतिक विवाद वा भ्रमको पछि नलागी आफ्नो अधिकार र दायित्वलाई ध्यानमा राखेर छलफलमा सक्रिय सहभागिता जनाउन निमन्त्रित सबै जेन जेड प्रतिनिधिहरूलाई अनुरोध गरे ।

कार्यदलले गत चैत २५ गतेदेखि विभिन्न सरोकारवालासँग चरणबद्ध छलफल सुरु गरेको थियो । यसक्रममा संविधानविद्, पूर्वप्रशासक तथा सञ्चार क्षेत्रका विज्ञहरूसँग परामर्श सम्पन्न भइसकेको जनाइएको छ । आगामी दिनमा अन्य सरोकारवालासँग पनि निरन्तर छलफल गरिने कार्यतालिका रहेको छ ।

सरकारको १०० बुँदे कार्यसूचीअनुसार शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयता लगायतका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित यो प्रक्रिया अघि बढाइएको हो । 

विभिन्न राजनीतिक दलका प्रतिनिधि सम्मिलित कार्यदलले संविधानमा सबै वर्ग र समुदायको अपनत्व सुनिश्चित गर्न जेन जेडहरूको अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिएको छ ।

0 Comments