२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा पठाउने बहानामा ८१ लाख बढी रकम ठगी गर्ने ४ जना पक्राउ 

अ+ अ-

काठमाडौँ ।  वैदेशिक रोजगारीमा पठाउने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा विभिन्न स्थानबाट चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार कतार पठाइदिने भन्दै ४८ लाख रुपैयाँ ठगी गरेको आरोपमा ३७ वर्षीय नारायण जोशी पक्राउ परेका छन्। उनलाई धनुषाको जनकपुरधाम उपमहानगरपालिका-४ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। जोशी मोरङको कटहरी गाउँपालिका-६ स्थायी घर भएका व्यक्ति हुन्।

त्यस्तै, इराक पठाउने भन्दै २० लाख रुपैयाँ ठगी गरेको आरोपमा ४३ वर्षीय गोपालविक्रम राना पनि पक्राउ परेका छन्। उनलाई काठमाडौँको टेकु क्षेत्रबाट पक्राउ गरिएको हो। राना सुर्खेतको बराहाताल गाउँपालिका-२ का बासिन्दा हुन्।

यसैगरी, अष्ट्रेलिया पठाइदिने भन्दै ३ लाख रुपैयाँ ठगी गरेको आरोपमा नवराज पौड्याललाई पुतलीसडक क्षेत्रबाट पक्राउ गरिएको छ। उनी भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१० का निवासी हुन्।

क्रोएसिया पठाउने प्रलोभन देखाएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा ङवाङ लामा पनि पक्राउ परेका छन्। उनलाई काठमाडौँको नागार्जुन नगरपालिका-८ क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। लामा मनाङको नासो गाउँपालिका-६ का स्थायी बासिन्दा हुन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार आरोपितहरूले बेरोजगार युवालाई आकर्षक तलबसहित विदेशमा रोजगारी दिलाइदिने आश्वासन दिँदै लामो समयसम्म विश्वासमा राखी पछि सम्पर्कविहीन हुने गरेको पाइएको छ।

पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरी स्रोतले जनाएको छ।

0 Comments