काठमाडौँ । नेकपा एमालेले आफ्नो केन्द्रीय कमिटी बैठक असारको दोस्रो साताभित्र आयोजना गर्ने निर्णय गरेको छ।
पार्टी सचिवालयको हालै बसेको बैठकले उक्त बैठक असारको मध्यतिर आह्वान गर्ने निर्णय गरेको हो। पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष र महासचिवबीचको समन्वयपछि बैठकको अन्तिम मिति तय गरिनेछ।
भट्टले बैठक असार १५ देखि २० गतेभित्र आयोजना गर्ने तयारी रहेको जानकारी दिएका छन्। उनका अनुसार पार्टी संगठन, समसामयिक राजनीतिक परिस्थिति तथा आगामी कार्यदिशाबारे केन्द्रीय कमिटीमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।







