२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आगामी आर्थिक वर्षको बजेट उद्योगमैत्री हुनेछ’- मुख्यमन्त्री बानियाँ

अ+ अ-

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले ल्याउने बजेट उद्योगमैत्री हुने बताएका छन् ।

आज प्रिफ्याव प्यानल नेपाल उद्योगको अनुगमन निरीक्षणपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले प्रदेश सरकारले उद्योगीको हितमा बजेट ल्याउने तयारी गरेको बताएका हुन् । मुख्यमन्त्री बानियाँले भने, “व्यवसायीलाई प्रोत्साहन गर्ने गरी उद्योगमैत्री बजेट ल्याउने तयारी भइरहेको छ । प्रदेश सरकारले वातावरण तथा पर्यापर्यटनसँग जोडिएका उद्योगहरूलाई बैंकिङ ब्याजमा सहुलियत दिने नीतिअनुसार काम गरिरहेका छौँ । अन्य क्षेत्रको विकासको लागि पनि सोहीअनुसारको नीति अगाडि सार्छौँ ।”

ऊर्जा क्षेत्रलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयसँगै त्यसलाई उत्पादनसँग जोड्ने गरी योजना ल्याउने उनको भनाइ थियो । निर्माण क्षेत्रमा आधुनिक, दिगो तथा वातावरणमैत्री प्रविधि भित्र्याउने उद्देश्यका साथ स्थापित प्रिफ्याव प्यानल नेपाल उद्योगले अत्याधुनिक स्मार्ट प्यानलसहित विभिन्न नयाँ निर्माण सामग्रीहरू उत्पादन गर्दै आएको छ । उद्योगका अध्यक्ष नारायण रेग्मीका अनुसार नेपाली बजारमा नेपालको उत्पादन पुर्‍याउन सक्ने गरी काम अघि बढाइएको छ ।

उद्योग स्थापित भएको छोटो समयमा नै उद्योगले आधुनिक निर्माण प्रविधिलाई देशभर विस्तार गर्न सफलता मिल्दै गएको बताए । “अनुभवी र दक्ष कामदारबाट यस उद्योगले निर्माणका लागि आवश्यक प्यानलहरू उत्पादन गर्दै आएको छ । हाल ५० जिल्लामा हाम्रा उत्पादन उपलब्ध गराइरहेका छौँ, यसलाई विस्तार गर्दै जान्छौँ”, अध्यक्ष रेग्मीले भने । भरतपुर महानगरपालिका–८ मा रहेको यस उद्योगको उत्पादन भवन रहेको छ । 

0 Comments